Logo
Logo

के ४० वर्षपछि वेल्सले पराजित गर्ला त टर्कीलाई ?


दृष्टि संवाददाता

189
Shares

एजेन्सी । युरो २०२० को समूह ‘ए’अन्तर्गत बुधबार राति ठूला प्रतियोगितामा पहिलो पटक वेल्स र टर्की आमनेसामने हुँदैछन् । अजरबैजानको बाकुमा नेपाली समयअनुसार राति ९स्४५ बजे सुरु हुने खेलमा २०१६ को सेमिफाइनलिस्ट वेल्स पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा वेल्सले स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो । यता, टर्की पहिलो अंक जोड्न चाहन्छ । टर्कीलाई पहिलो खेलमा इटालीले ३–० ले हराएको थियो । यस समूहमा वेल्स १ अंक जोडेर तेस्रो र टर्की अंक विहीन रहदै पुछारमा छ ।

अन्तिम पटक यी दुई टोलीको १९९७ मा विश्वकप छनोटका दौरान इस्तानबुलमा भेट भएको थियो । उक्त खेलमा घरेलु टोली टर्कीले वेल्समाथि ६/४ को रोमाञ्चक जित हासिल गरेको थियो । वेल्सले ४० वर्षयता टर्कीलाई हराउन सकेको छैन ।

१९८१ मा मा भएकव विश्वकप छनोटमा वेल्सले अन्तिम पटक टर्कीलाई १-० ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्