Logo
Logo

स्विजरल्याण्ड र इटाली भिड्दै, अन्तिम १६ पुग्ने लक्ष्य


दृष्टि संवाददाता

126
Shares

एजेन्सी । युरो २०२० को समूह ‘ए’ अन्तर्गत बुधबार राति हुने खेलमा इटालीले स्विजरल्याण्को सामना गर्दैछ । प्रतियोगिताको उद्घाटन खेलमा टर्कीलाई ३-० गोलको नतिजाले पराजित गरेको इटाली उत्कृष्ट सुरुवातलाई निरन्तरता दिन चाहन्छ ।

इटाली र स्विजरल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

इटाली ३ अंक जोडेर शीर्ष स्थानमा छ भने स्विजरल्याण्ड १ अंक जोडेर दोस्रो स्थानमा छ । स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो । तर, आज इटालीलाई हराएर स्विजरल्याण्ड पहिलो जित निकाल्न चाहन्छ ।

आजको खेलमा जित हासिल गरे इटाली एक खेल अगावै अन्तिम १६ मा पुग्ने निश्चित हुन्छ भने स्वीटरल्यान्डको पनि तीन अंक हासिल गर्न सके सम्भावना बलियो बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्