Logo
Logo

अदालतबाट बनेको सरकार सफल नहुने प्रधानमन्त्रीकाे तर्क


दृष्टि संवाददाता

6k
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले बिरोधीहरुले सरकारको राम्रो कामको पनि बिरोध गर्ने गरेको भन्दै आक्रोश पाेखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले सरकारले जनताका लागि निकै राम्रा काम गरेपनि बिरोधीहरुले त्यसलाई देख्न नसकेको तर्क गरे ।

आफु नयाँ जनमत लिन जनताको माझमा जान निर्वाचन घोषणा गरिएको तर बिपक्षी दलहरु भने निर्वाचनदेखि अतालिएको दावी उनकाे थियाे । संसारमा कुनै पनि राष्ट्रमा अदालतबाट बनेको सरकार दिगो र सफल हुन नसकेको तर्क प्रधानमन्त्रीकाे थियाे ।

प्रधानमन्त्री ओलीले चूरेको बिनास नभइ संरक्षण गर्न सरकारले उचित व्यवस्था गरेको तर्क गरे। चूरे बिनास गर्ने सरकारको कुनै उद्धेश्य नरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले खानीको मात्र उचित प्रयोग गर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्