Logo
Logo

बाढीपहिरो पीडितको उद्धार र राहतमा खटिन प्रधानमन्त्रीकाे निर्देशन


दृष्टि संवाददाता

441
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण हाल उत्पन्न बाढीपहिरोबाट थप जनधनको क्षति रोक्न समन्वयात्मक कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बुधबार सम्पन्न छैठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाध्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् ।

बालुवाटारमा सम्पन्न बैठकमा प्रधानमन्त्रीले उद्धार र राहतकार्यमा अपांगता भएका, जेष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिए ।

उद्धारका लागि विभिन्न प्रविधिका पानीमा चल्ने साधनका साथै स्थानीय स्तरमा बन्ने संशाधन प्रयोग गर्न पनि उनले जोड दिए । राहत वितरणमा अनियमितता हुन नदिनका लागि अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो ।

बैठकमा सम्बद्ध मन्त्रीहरु, प्रधानसेनापति लगायतका सुरक्षा निकायका प्रमुखहरु, मुख्य सचिव एवं सम्बद्ध निकायका प्रमुखहरुले विपद व्यवस्थापनका लागि आआफ्नो निकायबाट भएका प्रयासको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्