Logo
Logo

मिरानचुककाे गाेलमा रुसको पहिलो जित दर्ता


दृष्टि संवाददाता

441
Shares

एजेन्सी ।  रुसले  १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ । बुधबार भएको समूह चरणको दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै रुसले पहिलो जित निकालेको हो ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा मिरानचुकले निर्णायक गोल गरे  । उनले आर्टम ज्यूबाको पासमा उत्कृष्ट गोल गरेका हुन् ।

दोस्रो हाफमा दुवै तर्फबाट लगातार गोलका लागि निरन्तर प्रयास भए पनि सफल हुन नसक्दा नतिजा रुसको पक्षमा पर्‍यो । जितसँगै रुसको नक आउट चरण प्रवेशको सम्भावना जिवितै छ ।

पहिलो खेलमा रुस बेल्जियमसँग ३-० ले पराजित भएको थियो भने फिनल्यान्डले डेनमार्कलाई १-० ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्