चीनको वुहानमा देखापरेको कोरोनाभाइरसका कारण सिर्जित रोग कोभिड–१९ नपुगेको अब कुनै देश रहेन । हाम्रो मुलुक पनि यतिवेला कोभिड–१९ बाट अक्रान्त बनेको छ ।
नेपालमा कोरोनाको दोश्रो भेरियन्ट शुरु भएपश्च्यात कोभिडबाट प्रभावित नागरिकको संख्या ह्वात्तै बढेको छ । आजसम्मको विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा कोभिडका कारण विश्व भरमा १७ करोड ७० लाखभन्दा बढी मानिस संक्रमित हुन पुगेका छन् । झण्डै ३८ लाख २७ हजार मानिसको ज्यान गयो ।
नेपालको हकमा संक्रमितको संख्या६ लाख १२ हजारभन्दा बढी छ भने ज्यान गुमाउनेहरुको संख्या ८ हजार ५ सय ०६ पुगिसकेको छ । विश्व यतिबेला एउटा भाइरसको त्रासदीले मानवलाई दिएको पिडा र यसबाट सिर्जित आर्थिक, सामाजिक असरबाट मुक्ति पाउने अवसरको खोजीमा छ ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानले गत वर्ष नेपालमा कोभिड विरुद्धको अभियानमा खेलेको भूमिका प्रसंशनिय रह्यो ।
हालैकोभिड–१९ को दोश्रो भेरियन्ट शुरु भएयता रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका १४५ रोटरी क्लबका झण्डै ६००० रोटरियनहरु यसका विरुद्ध जनचेतना जगाउने, पिसिआर मसिन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, मास्क सेनिटाइजर लगाएतका स्वास्थ्य किट वितरण गर्र्ने एवं अक्सिजन प्लान्ट स्थापना गर्ने जस्ता आधारभूत सेवा व्यवस्थापनमा जुटिरहेका छन् ।
‘स्वार्थ भन्दा सेवा माथि’को मुल मर्मलाई आत्मसात् गरि यो वर्ष रोटरीले नेपालमा कोभिड–१९ र समुदायको समग्र स्वास्थ्य संग सम्बन्धित साना तथा ठुला परियोजना संचालन गरि यसको जोखिम र त्रासदी कमगर्न प्रयत्नसिल रहेको छ ।
अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
रोटरी क्लब अफ काँकरभित्ताको सक्रियतामा झापाका आठ ओटै क्लबहरुले मेचिनगर सहितको सहयोगमा मेचिनगरअन्तर्गत आम्दा अस्पताल धुलाबारीमा रु १ करोड २० लाखको लागतमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।
प्रति घण्टा ४० सिलिण्डर अक्सिजन भर्ने क्षमताको उक्त प्लान्टको स्थापना द्रुत गतिमा भइरहेको क्लबले जनाएको छ । रोटरी क्लब अफ सुरुङ्गाले आफ्नो समुन्वयमा झापा जिल्लामा सन्चालित ‘एकका लागि एक अभियान’ अन्तर्गत उक्त अक्सिजन बैक स्थापनार्थ रु ३ लाख २० हजार सहयोगसम्बन्धित अस्पताललाई हस्तान्तरण गरेको छ ।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले एकाका लागि एक अभियानलाई रु १५ लाख १५ हजार सहयोग हस्तान्तरण गरेको छ । आक्सिजन सिलिण्डर बैंक स्थपना गर्न अभियानले सुरु गरेको ‘एक व्यक्ति एक तिमसिलिनडर’ अभियानअन्तर्गत क्लबले सो रकम प्रदान गरेको हो । उक्त अभियानअन्तर्गत मित्रराष्ट्र चीनबाट ५०० थान अक्सिजन सिलिन्डर ल्याउने योजना मुताविक पहिलो चरणमा आइपुगेको १२० थान सिलिन्डर स्थानिय अस्पतालहरुलाई वितरण गरिसकेको क्लबले जनाएको छ ।
कोभिड टेलिमेडिसिन तथा हेल्थ डेस्क संचालन
रोटरी क्लब अफ धरान घोपाले कोभिड संक्रमित बिरामीहरुका लागि स्वास्थ्यकर्मीहरुको सहयोगमा टेलिमेडिसिन सेवा संचालनमा ल्याएको छ । करिब २ लाख रुपयाको उक्त सेवा कार्यक्रममार्फत संक्रमणको लक्षण देखिएका दुर्गम भेगका विरामीलाई समेत लाभ पुगेको क्लबले जानकारी दिएको छ ।
रोटरी क्लब अफ रत्ननगरले स्थानिय संघसंस्थाहरुसँग सहकार्य गर्दै चितवनको खैरहनीमा कोभिड प्रभावित नागरिकहरुको सहयोगार्थ ‘खैरहनी हेल्थडेस्क’ संचालन गरेको छ । कोरोनाको लक्षण देखिएका मानिसले उक्त डेस्कबाट दैनिक सेवा प्राप्त गरिरहेको जानकारीले दिएको छ ।
संक्रमितको घरमै स्वास्थ्य सामाग्री वितरण
रोटरी क्लब अफ दाङले घोराही उपमहानगरपालिकासँग सहकार्य गरि कोरना संक्रमितको घरैमा पुगि स्वास्थ्य सामाग्री वितरण गरेको छ । वडाका जनप्रतिनिधि, शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीसहित रोटरी क्लबका पदाधिकारीहरुको सहभागितामा लक्षणसहितका संक्रमितको घरमा औषधि तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
संक्रमितहरुलाई अस्पतालसम्म जान सहजताको लागि अटो एम्बुलेन्स संचालन र होमआइसोलेसनमा बसेका बिरामीहरुलाई अक्सिजन आपुर्ति गर्दै आएको पनि क्लबका अध्यक्षले जानकारी गराएका छन् ।
स्वाव कलेक्सन सेवा संचालन
रोटरी क्लब अफ विराटनगरले विराटनगर नगरपालिका र हुलास मोटर्ससँग सहकार्यमा वृद्ववृद्वा, शरीरिक अपाङ्गता र असक्तहरुका लागि घर घरमा गएर स्वाव कलेक्सन गर्न विराटनगरमा इलेक्ट्रिक भ्यान संचालन गरेको छ । २ लाख रुपयाँको यो परियोजनाबाट हालसम्म २००० भन्दा बढी मानिस लाभान्वित भइसकेका छन् ।
अस्पताललाई अक्सिजन सिलिण्डर, कन्सनटेटर तथा स्वास्थ्य सामाग्री प्रदान
रोटरी क्लब अफ नारायणगढले चितवनमा एक अस्पताललाई रु ५ लाख २५ हजार वरावरको क्षमता भएको ५ वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ । कोभिड विरामीको उपचारमा उक्त सहयोग प्रभावकारी भएको अस्पतालले जनाएको छ ।
रोटरी क्लब अफ सैनामैनाले सैनामैना नगरपालिकामा संचालित सैनामैना कोभिड हस्पिटलका लागि ५ थान अक्सिजन सिलिन्डर तथा २ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।
रोटरी क्लब अफ विराटनगर फ्यूजनले रंगेली अस्पताललाई ७ लाख रुपयाँ वरावरको ३१ थान ग्यास सिलिण्डर हस्तान्तरण गरेको छ । निकट भविष्यमा रु १ लाख वरावरको एन्टिजेन्ट किट्स प्रदान गर्ने योजना रहेको क्लबले जनाएको छ ।
रोटरी डिस्ट्रिक्ट ३२९२ जोन ६ अन्तर्गतका रोटरी क्लबहरु क्रमसः रोटरी क्लब अफ वाग्मति काठमाण्डु, कान्तिपुर काठमान्डु, काठमाण्डु डाउन टाउन, काठमाण्डु मेट्रो र त्रिपुरेश्वरले अग्रपङ्तिमा कामगर्ने स्वास्थ्यकार्मिका लागि कोभिड–१९ को जोखिमबाट जोगाउन संयुक्तरुपमा ललितपुर स्थित पाटन हस्पिटललाई रु ८५ हजारको फेससिल्ड, मास्क र ग्लोभ्स सहितको स्वास्थ्य किट्स हस्तान्तरण गरेको छ ।
रोटरी क्लब अफ दाङले १५ लाख रुपया वरावरको अक्सिजन कनसन्ट्रेटर, पिपिइ सेट, पल्स अक्सिमिटर लगाएतको सामाग्रीहरु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, वेलझुण्डी कोरोना अस्पताल तथा शान्तिनगर गाउपालिकालाई वितरण गरेको छ ।
रोटरी क्लब अफ वानेश्वरले शारदा मावि तिलगंगामा रहेको कोभिड–१९ आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।
रोटरी क्कब अफ चितवनले भक्तपुर अस्पताललाइ १ लाख ७४ हजार २०० वरावरको पिपिइ, सर्जिकल मास्क, एन ५ मास्क तथा रत्ननगर टाडिलाइ रु ५५ हजारको स्वस्थ्य किट्स हस्तान्तरण गरेको छ ।
राटरी क्लब अफ पाटनले नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँग सहकार्य गरि कोरोना महामारी विरुद्ध खटिएका ‘फ्रन्टलाइनर’लाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, विरअस्पताल मुटु विभाग, सिभिल अस्पताल, ख्वपा अस्पताल, ललितपुर हार्ट क्लिनिकलगायत अन्य ८ ओटा स्वास्थ्य संस्थालाई २० लाख वरावरको पिपिइ, मास्क लगायतका स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
क्लबले ४ सय स्वास्थ्यकर्मीलाई ड्राइफुड प्याकेट र सिभिल अस्पतालमा कार्यरत कोभिड१९ बिरामिलाई ४५ दिनसम्म निशुल्क खानाको व्यवस्था पनि गरेको छ ।
मेची प्रादेशिक अस्पताल भद्रपुरलाई झापा र मोरङका १० वटा रोटरी क्लबले संयूक्त रुपमा पिसिआर परीक्षणका लागि आवश्यक पर्ने किट अस्पताल संचालक समितिका अध्यक्ष सोमनाथ पार्तेललाई प्रदान गरे । उक्त अवसरमा रु ५ लाख वरावरको ५ सय थान किट पनि अस्पताललाई हस्तान्तरण गरिएको थियो ।
रोटरी क्लब अफ सैनामैनाले सैना मैना नगरपालिकाका सबै विधालयहरुलाई ४ लाख १२ हजार वरावरको औषधि सहितको ‘फस्टएडवक्स’ प्रदान गरि विद्यार्थी शिक्षक लाभान्वित भएको जानकारी क्लबका प्रेसिडेन्टबाट प्राप्त भएको छ ।
रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले नारायणी अस्पताल वीरगंजमा फ्रन्टलाइनमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको कोभिड विरुद्धको जोखिम कम गर्न १५ हजार रुपया वरावरको सर्जिकल ग्लोव, सर्जिकल फेस मास्क, सुरक्षित टोपी, ह्यान्ड सेनिटइजर लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
रोटरी क्लब अफ पोखरा फिस्टेलले पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठान र सरुवा तथा संक्रमित रोग रोकथाम अस्पताल लेखनाथलाई रू १२ लाख वरावरको अक्सिजन कन्सनट्रेटर, पिपिइ, ह्विल चियर्स, अक्सिजन सिलिन्डर ट्रलि स्मेतका स्वास्थ्य किट्स प्रदान गरेको छ ।
रोटरी क्लब अफ पोखराले आफ्नो क्लब स्थापनाको अवसर पारेर ३ करोड ८७ लाख रुपया वरावरका अक्सिजन कन्सनट्रेटर, अक्सिजन सिलिन्डर, अक्सिमिटर, थर्मोगन, माक्स, सेनिटाइजर, पिपिइ सेट लगायतका सामाग्रीहरु डिस्ट्रिक्टका विभिन्न क्लबमार्फत पोखरा, काठमाण्डु र विभिन्न सरकारी हस्पिटल, स्वास्थ्य विज्ञानप्रतिष्ठान र स्वास्थ्य केन्द्रलाई वितरण गरेको क्लबले जनाएको छ ।
रोटरी क्लब अफ धनगढीले रु १ करोड १० लाखको लागतमा बाँके बर्दियालगायत सुदुरपश्चिमका सबै अस्पतालहरुलाई कोरोना संक्रमितहरुको उपचारमा सहयोग पुगोस् भनि १० लिटर क्षेमताका १०० थान अक्सिजन कन्सनट्रेटर वितरण गरेको छ ।
हाइजेनिक किड्स तथ डस्टविन वितरण
रोटरी क्लब अफ गोरखाले गोरखा जिल्लाका पाँच वटा विद्यालयमा कोभिडको जोखिमबाट शिक्षक, विद्यार्थीलाई सुरक्षित राख्न २ लाख ५० हजार वरावरको स्वास्थ्य सामाग्री वितरण गरेको छ । शहिद लखन गाउँपालिका–८ कोरामेश्वरी मावि, राम्चे प्रावि र गोरखा नगरपालिकास्थित भूराजवृक्ष प्रावि, रत्नराज्य मावि र सिरानचोकस्थित सूर्योदय माविलाई वितरण गरेको छ ।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराट महेन्द्र रात्री मावि, मारवरी अतिथी सदन विराटनगर, पूर्व कुशाह गाउँपालिका वडा –१२ समेतलाई ११ हजार ५०० सुरक्षित मास्क वितरण गरेको छ । कोभिड–१९ संक्रमणको समयमा परमविश्रान्ती स्थल मसानघाट क्षेत्र विराटनगरको वातावरणलाई सफा राख्न क्लबले ६० लिटर क्षमताका ६ ओटा डस्टविन स्थापना गरिदिएको छ । कोभिड–१९ विरुद्धका यि सबै योजना सम्पन्न गर्न करिब ७५ हजार रकम खर्च भएको क्लवले जानकारी दिएको छ ।
रोटरी मनिपाल कोभिड–१९ सेन्टर तथा अक्सिजन बैक स्थापना
पोखरास्थित ७ वटा रोटरी क्लबहरु क्रमशः रोटरी क्लब अफ पोखरा, रोटरी क्लब अफ पोखरा मिडटाउन, रोटरी क्लब अफ पोखरा फिस्टेल, रोटरी क्लब अफ पोखरा अन्नपूर्ण, रोटरी क्लब अफ लेखनाथ, रोटरी क्लब अफ पोखरा न्यरोड, रोटरी क्लब अफ पोखरा लेकसाइड र जोन ४अन्तर्गतका सबै रोटर्याक्ट क्लबहरुद्वारा मनिपाल टिचिङ्ग हस्पिटलमा १४० वेड क्षमताको ‘रोटरी मनिपाल कोभिड सेन्टर तथा अक्सिजन बैक’ स्थापना गरेको छ ।
कोरना संक्रमित विरामीहरुले हाल स्वास्थ्य सेवा लिइ लाभान्वित भएका छन् । कोरोनाको जोखिमबाट अग्रपंङ्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई हाइजेनिक किड्स, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर पोखरा, जोमसोम, मनाङ, पर्वत, बाग्लुङ स्मेतका अस्पतालहरुलाई वितरण गरेको छ । उक्त समग्र प्रोजेक्टका लागि करिब रु ५० लाख खर्च हुने संयोजक मिनु श्रेष्ठ कुवँरले जानकारी गराएकी छन् ।
कोभिड–१९ विरुद्धको जागरण– रोटरी योग शिविर
व्यवहारिक हिसाबले शरीर मन र भावनालाई सन्तुलित गर्ने र पुर्ण स्वस्थ्य राख्ने साधन योग हो । कोभिड–१९ का कारण लकडाउनमा घरमा वसेका मानिसहरुको मनोबल उच्च पार्न र शरीरको प्रतिरक्षात्मक क्षमता अभिवृद्धि गर्न रोटरी क्लब अफ वागमती काठमाण्डुलगायत रोटरी डिस्ट्रिक्ट ३२९२ का ३२ क्लबहरुले संयुक्तरुपमा जुन १ – १५ सम्म १५ दिने अनलाइन रोटरी योग सिविर संचालन गरेको छ । ऐतिहासिक रुपमा सम्पन्न यो बृहत योग शिविरको सहजिकरण रो दुर्गादेव सुवेदी र रो गुरुविन तलेजुले गरेका थिए ।
कोभिड–१९ आइसोलेसन केन्द्र तथा आइसियु सेवा संचालन
रोटरी क्लब अफ पश्चिमन वलपरासीले पृथ्वीचन्द्र अस्पताल परासीमा ४ वेडको आइसियु सेवा संचालन गरेको छ । रोटरी क्लबका सदस्यहरुको व्यक्तिगत आर्थिक सहयोगमा सुरु गरिएको छ । रोटरी क्लब अफ चितवनले सामुदायिक हस्पिटलको रुपमा संचालित मुग्लिङ हाइवे हस्पिटललाई १० थानबेड, ४० थान एन्टिजन किटसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ चितवनका अध्यक्ष रोशन पियाले करिब २ लाख ५१ हजार पाँच यस बराबरको स्वास्थ्य सामाग्री इच्छा कामना गाउँ विकास समिति वडा नम्बर ५ का वडा अध्यक्षलाई हस्तान्तरण गरेका छन् ।
रोटरी क्लबबाट प्राप्त सामाग्रीद्वारा अस्पतालले संचालन गरेको कोभिड लक्षित निशुल्क उपचार सेवा र आइसोलेसन सेन्टरमा महत्वपूर्ण योगदान पुगेको अस्पतालले जनाएको छ ।
रोटरी क्लब अफ भादगाउँले नुवाकोटको लिखु गाउँपालिका–६ छहरे बजारमा रहेको २० बेड क्षमतको सेवा सामुदायिक अस्पतालमा करिब ९ लाखको रुपयाको लागतमा १० वेडको अक्सिजन कन्टेनर सहितको आइसोलेसन वार्ड स्थापना गरेको अस्पताल सूत्रले जनाएको छ ।
ललितपुरस्थित रोटरी क्लबहरुको संजाल नेटवर्क अफ रोटरी क्लब्स अफ ललितपुर (एनआरसिएल)ले ज्यापु समाजको सहयोगमा कोभिड–१९ को दोश्रो भेरियन्टको जोखिममा परेका मानिसहरुलाई उपचार सेवा प्रदान गर्ने उद्देश्यले ५ लाख रुपैयाँको लागतमा ललितपुरको वागाडोलमा पूर्ण सुविधाको आईसोलेसन केन्द्र संचालन गरेको छ ।
रोटरी क्लब अफ पाटनले सनराइज अपार्टमेन्टमा ५ लाखको लागतमा डाक्टर, नर्स, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर समेतको सुबिधा सम्पन्न ३ वेडको आइसोलेसन केन्द्र स्थापना गरेको छ ।
सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण
रोटरी क्लब अफ विराटनगरले फ्रन्टलाइनमा खट्ने विराटनगर प्रहरी फोर्सलाई कोभिड–१९को जोखिमबाट सुरक्षित राख्नका लागि ३० हजार वरावरको ३०० फेसशिल्डसहित एन–९५ मास्क वितरण गरेको छ । प्रहरीले महामारीको समयमा भएको यो सहयोगको प्रसंशा गरेको छ ।
रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले विराटनगर प्रहरिलाई कोभिड१९को जोखिमबाट सुरक्षित हुनका लागि इल्क्ट्रोनिक केटल, फेसशिल्ड, मास्क, सेनिटिइजर, पन्जा आदि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट हस्तान्तरण गरेको छ ।
खाद्यन्न बैंक तथा खाना वितरण
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनिले फूड बैंक स्थापना गरि दैनिक ज्यालादारी, विपन्न परिवार तथा असाहाय नागरिकका लागि खाद्यन्न तथा मास्क वितरण गरेको छ ।
२०७८ जेठ १५ गतेसम्म ५ लाख १२ हजार वरावरको खाद्यन्न सामग्री ३०२ घरका १९५३ रोटरी क्लब अफ विराटनगरले कोभिड–१९ का कारण आफ्नो दैनिकी संचालन गर्न असहज अवस्था सिर्जना भएका ज्यालदारी, मजदुरहरु र मानवसेवा आश्रम एवं विराटेश्वर वृद्वाश्रमका वृद्ववृद्वाहरुका लागि रु १ लाख ५ हजार वरावरको ३७५० केजी चामल र अन्य खाद्य वस्तु वितरण गरेको छ । यस कार्यक्रमबाट करिब ५०० मानिस लाभान्वित भएको क्लबकाअ प्रेसिडेन्ट बिजुकुमार थपालियाले जानकारी दिएका छन् ।
रोटरी इ–क्लबले हिटेरि फाउन्डेसनसँग सहकार्य गर्दै कोभिड–१९ को दोश्रो भेरियन्ट सुरुभएयता लगनखेल ललितपुरमा संकटमा परेका करिब १०० जनालाई दैनिक खाना उपलब्ध गराउँदै आएको छ । सो कार्यको लागि हालसम्म करिब ६ लाख रुपया खर्च भएको क्लबले जनाएको छ ।
रोटरी क्लब अफ विरगंज मेट्रोपोलिसले नारायणी अस्पतालमा भर्ना भएका कोभिड संक्रमित, विरामिका कुरुवा र विरगंज शहरमा खाधान्न समस्या भएका परिवारहरुलाई ५० हजार वरावरको दाल, चामल, तेल, मसला जस्ता खाद्य सामाग्रीहरु वितरण गरेको छ ।
क्लबले कोभिड संक्रमणको दोश्रो भेरिएन्टबाट प्रभावित मानिसहरुको लागि १ लाख १५ हजार वरावरको सहयोग पुर्याएको प्रेसिडेन्टले जनाएका छन् । उक्त कार्यमा रोटर्याक्ट क्लब अफ विरगंज मेट्रोपोलिस र रोटर्याक्ट क्लब अफ यूनाइटेड विरगंजको सहयोग पसंशनिय रहेको थियो ।
रोटरी क्लब अफ दाङले मानिसको दैनिकि संचालनमा आवश्यक पर्नेरु १ लाख ३५ हजार वरावरको खाध्य सामाग्री दाङ स्थित मानव कल्याण सेवा केन्द्रलाई प्रदान गरेको छ ।
रोटरी ग्लोवल ग्रान्ट स्वास्थ्य परियोजना
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका क्लबहरुले रोटरीको ७ कार्यक्षेत्रको परिधीभित्र रही समुदायलाई सेवा प्रदान गरिरहेका छन् । मुलुक कोभिड–१९ बाट अक्रान्त बनेको यतिवेला क्लबहरुले स्वास्थ्य क्षेत्रमा केन्द्रित भइ ग्लोवल ग्रान्ट अन्तर्गतसंचालन गरेका केहो ठुला परियोजनाहरुः
कोभिड–१९ भेन्टिलेटर जडान परियोजना
रोटरी क्लब अफ चितवनले कोभिड–१९ विरुद्धको अभियान अन्तर्गत चितवन मेडिकल कलेजलाईरु ५ लाख ९७ हजार युएस डलर वरावरको भेन्टिलेटर प्रदान गरेको छ ।
रोटरी क्लब अफ पाल्पा लुम्बिनीले २ लाख २० हजार ३ सय ३० युएस डलरको ग्लोवल ग्रान्ट परियोजनाअन्तर्गत लुम्बिनि मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल तानसेनलाई स्वास्थ्य किट्ससहित ११ वटा भेन्टिलेटर प्रदान गरेको छ । निकट भविष्यमा हेमोडायलसिस मसिन प्रदान गर्ने योजना रहेको क्लबले जनाएको छ ।
सिटिस्क्यान मसिन जडान
रोटरी क्लब अफ सेन्ट्रल वुटवलले गौतम बुध्द सामुदायिक हार्ट हस्पिटलमावुटवलमा ६ लाख ५ हजारको लागतमा सिटिस्क्यान मसिन जडान गरेको छ ।
रोटरी क्लब अफ राजधानीर रोटरी क्लब अफ काठमाण्डु मिडटाउनले ३ लाख ४५ हजारको लागतमा मनिहर्ष डियोग्न्सोटिक सेन्टरमा सिटिस्क्यान मसिन जडान गरेको छ ।
अक्सिजन बैंक स्थापना
एनआरसियल जीवनको आशा मिसनअन्तर्गत रोटरी कलब अफ यालाले रु १ करोडको ग्लोवल ग्रान्ट संचालन गरि हाल बागडोलस्थित आइसोलेसन केन्द्र स्थापना भएको वृद्वश्रमको घरमा प्रतिदिन ५० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन बैंक संचालन गर्ने लक्षसहित प्रक्रिया अगाडि बढाएको क्लबले जनाएको छ ।
कोभिड–१९ स्वास्थ्य सामग्री प्रदान
समुदायलाई कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्नका लागि रोटरी क्लब अफ विराटनगरको अग्रसरता रोटरी क्लब अफ विराटनगर र रोटरी क्कब अफ विराटनागर फ्यूजनको सहभागितामा अमेरिकी डलर ८८ हजारको लागतमा ग्लोबल ग्रान्टप्रोजेक्ट संचालन भएको छ ।
सो योजनाअन्तर्गत विराटनगर नगरपालिकामार्फत धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोभिड–१९ हस्पिटल विराटनगरलाई पिसिआर मेसिन, आरएनए एक्स्ट्रयाक्ट र मेसिन, भेन्टिलेटर, दराज सहितको कम्पिलिट हस्पिटलवेड, इन्सिनेरेटर र ठुलो संख्यामा स्वास्थ्य किट्स प्रदान गरिएको थियो । यो ग्लोवल ग्रान्ट परियोजनाबाट विराटनगर, धरान, इनरुवा, रंगेली क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।
कोभिड–१९ पिसिआर किट्स वितरण
रोटरी क्लब अफ कान्तिपुर काठमाण्डुले ८३ हजार ८९ युएस डलर लागतको ग्लोवल ग्राण्ट परियोजनमार्फत टिचिङ हस्पिटल माहाराजगंजमा ४०८० थान र पाटन हस्पिटलमा २७८३ थान गरि जम्मा ६८६३ थान आरटि पिसिआर एवं एक्सट्रयाक्सन किट्स वितरण गरेको छ ।
डायलसिस मसिन जडान
रोटरी क्लब अफ सेन्ट्रल वुटवल र रोटरी क्लब अफ वालिङले वालिङ स्वास्थ्य केन्द्रमा ४ लाख ६० हजारको लागतमा डायलसिस मसिन जडान गरेको छ । रोटरी क्लब अफ सेन्ट्रल वुटवलले पाल्पा डायलसिस सेन्टर, लमही डयलसिस सेन्टर र जिबिसी हार्ट हस्पिटल वुटवलमा ५ लाख ६० हजारको ग्लोवल ग्रान्ट परियोजना संचालन गरि डयलसिस मसिन जडान गरेको क्लबले जनाएको छ ।
युएसजी तथा इसिजि मसिन हस्तान्तरण
रोटरी क्लब अफ जवलाखेलले ४५ हजार युएस डलरको ग्लोवल ग्रान्ट परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका स्थित गोकर्ण प्राथमिक अस्पताललाई अल्ट्रासाउण्ड एवं इसिजि मसिन हस्तान्तरण गरेको छ। सिन्धुपाल्चोकको वलेफी, पर्वतको पैयु, धादिङको बैरेनी र रुपन्देहिको धकधही प्राथमिक अस्पताललाई पनि युएसजि र इसिजि मसिन प्रदान गर्ने योजना रहेको क्लबले जनाएको छ ।
क्याथल्याब स्थापना
रोटरी क्लब अफ वुटवल सेन्ट्रल र रोटरी क्लब अफ वुटवलले गौतम बुध्द सामुदायिक हार्ट हस्पिटल वुटवलमा ६ लाख १५ हजार युएस डलरको लागतमा क्याथ ल्याव स्थापना गरेको छ ।
पोखरा स्थित सबै रोटरि क्लब स्मेत रोटरी क्लब अफ पोखराले गण्डकि हस्पिटल पोखरामा ४ लाख १० हजार युएस डलरको लागतमा क्याथल्याव स्थापना गरेको छ ।
उल्लेखित योजनाहरुको विष्लेषणात्मकअध्ययन र हाल सम्म विभिन्न श्रोतबाट डिस्ट्रिक्ट अफिसमा प्राप्तहुन आएका जानकारी स्मेतको आधारमा यो वर्ष रोटरीले नेपालमा करिब ८५ करोड रुपया भन्दा बढीको साना तथा ठुला परियोजना संचालन गरि समग्र स्वास्थ्य र कोभिड–१९ को जोखिम र त्रासदी कमगर्न प्रयत्नसिल रहेको पाइयो । समाज रुपान्तरणमा रोटरीको यो स्वागतयोग्य कदम हो ।
डिस्ट्रिक्ट ३२९२ अन्तर्रगतका क्लबहरुकोभिड–१९ विरुद्धको अभियानलाइ तिब्र बनाई समुदायलाई कोरोनाको जोखिमबाट जोगाउन आवश्यकता अनुसारअरु थप आन्तरिक योजना र ठुला ग्लोवलग्रान्ट परियोजना समेत संचालनको तयारीमा छन् ।
(नोट : यो प्रतिवेदनमूलक लेख क्लब र विभिन्न श्रोतबाट डिस्ट्रिक्टमा प्राप्त रेकर्डको आधारमा तयार पारिएको हो ।)
(लेखक डिस्ट्रिक्ट पब्लिक इमेज कमिटीका अध्यक्ष हुन्)