काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्ष शुक्रबार निर्वाचन आयोगमा जाँदैछ । अध्यक्ष यादवले आफूहरु पार्टीको आधिकारिक भएको दावी पेस गर्न आयोग जान लागेको हो ।
जसपा यादव पक्षका एक नेताका अनुसार दिउँसो २ बजे प्रमुख नेताहरू आफैं निर्वाचन आयोग गएर पार्टीको नाम, चुनाव चिन्ह, छाप र निर्णयको आधिकारिकताका लागि निवेदन दिने तयारी गरिएको छ ।
अध्यक्ष यादव पक्षको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दावी गर्ने निर्णय गरेको थियो । यसअघि आयोगलाई दुवै पक्षको दावीलाई कागजपत्र नपुगेको भन्दै फर्काइदिएको थियो ।