काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाजिम्पाटस्थित कार्यालयमा एक कार्यक्रम आयोजना गरी स्व. सुकुना गुरुङको मृत्यु दावी भूक्तानी गरेको छ । स्व सुकुनाले सन् २०१९ जुन ३ मा रु लाखको दोहोरो दुर्घटना लाभसहितको १० वर्षे अमृत श्री जीवन बीमालेख खरिद गरेको र सन् २०२१ मे २८ मा निजको कोरोनाको कारण मृत्यु भएकाले कम्पनीले बीमा दाबीवापत रु ५६ लाख ३० हजार भुक्तानी गरेको हो ।
इन्स्यारेन्सले स्व. गुरुङको इच्छाइएको व्यक्ति निजका छोरा बिजेन्द्र गुरुङलाई उक्त रकम भुक्तानी गरेको हो । उक्त रकम नेशनल लाइफ इन्स्योरेन्सको वित्त विभाग प्रमुख प्रज्जवल सायमीले हस्तान्तरण गरेका थिए । कार्यक्रममा उक्त दाबी आवश्यक कागजात प्राप्त भएको ६ दिनभित्र फस्र्यौट गरिएको दाबी विभागका प्रमुख नवीन श्रेष्ठले जानकारी गराएका थिए ।