Logo
Logo

संक्रमितभन्दा निको हुनेको संख्या भण्डै दोब्बर


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । नेपालमा शुक्रबार २ हजार ७६८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ती संख्या थपिएका हुन् ।

मन्त्रालयका अनुसार यस अवधिमा ७,५६९ वटा पीसीआर र ५,४६८ एन्टीजेन नमुना परीक्षण गरिएएको थियो ।
यस्तै, यसै अवधिमा थप ४४ जना कोरोनाका कारण मृत्यु भएको छ भने ४०२० जना निको भएका छन् । हाल सक्रिय संक्रमित संख्या ५९ हजार ६२४ पुगेको छ । परीक्षण गरिएकामध्ये संक्रमित दर १९ प्रतिशत छ ।

कूल संक्रमित संख्या ६ लाख १७ हजार ९४७ (पीसीआर परीक्षणमा पुष्टि भएका) र २४ हजार ८६१ जना (एन्टीजेन परीक्षण गर्दा) पुगेको छ । कूल मृत्यु ८६४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्