काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाइएकाे छ।
विश्वकप लिग २ अन्तर्गत खेल जुलाई तेस्रो साताबाट स्पेन हुने पक्का भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार कप्तान ज्ञानेन्द्र मल्लसहित २० खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाएकाे हाे ।
टिममा शरद भेषवाकर र पृथु बास्कोटा अटाएका छन् । उनीहरुले घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज खेलेका थिएनन् । तर, बलर बसन्त रेग्मी, रोहित पौडेल टिममा परेका छैन ।
बन्द प्रशिक्षणमा बोलाईएका खेलाडी –
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख,पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख,कुशल मल्ल,विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने,सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा,शाहब आलम, शुशन भारी,शरद भेषवाकर,बिक्रम शोब, पवन सर्राफ,पृथु बास्कोटा