Logo
Logo

स्विडेन र स्लोभाकियाबीचकाे खेल सुरू


दृष्टि संवाददाता

504
Shares

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा शुक्रबारकाे पहिलो खेल स्विडेन र स्लोभाकियाबीच सुरू भएकाे छ । समूह ई’ मा रहेको दुई टिमबीचको खेल सुरू भएकाे हाे ।

मैदानमा उत्रिएकाे स्लोभाकिया लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो । स्विडेन भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो ।

मुख्य प्रतियोगितामा दुई टोलीले पहिलो पटक खेल्न लागेका हुन् । सन् २०१८ मा भएको मैत्रीपूर्णमा स्विडेन र स्लोभाकियाले १–१ को बराबरी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्