एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा शुक्रबार हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह ‘डी’ को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा छ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा छ । पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १-० गोल अन्तरले हराएको थियो ।
शुक्रबार राति तय भएको इङ्ल्यान्ड र स्कटल्यान्डबीचको भेट ठूला प्रतियोगितामा २५ वर्षपछि हुन लागेको हो । ठूला प्रतियोगितामा यी दुई टोलीको अन्तिम भेट १९९६ को समूह चरणमा भएको थियो ।
उक्त खेलमा इङ्ल्यान्डलाई २–० गोलको नतिजामा जित दिलाउन एलेन सेरर र पौल ग्यासकोइग्नेले एक÷एक गोल गरेका थिए । उक्त खेलमा अहिले इङ्लिस टोलीका मुख्य प्रशिक्षक साउथगेट पनि खेलेका थिए ।