Logo
Logo

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको मृत्यु


दृष्टि संवाददाता

693
Shares

उद्धारका लागि खटिएकाहरु ।

काठमाडौं । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलगाी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ । फर्निस आयल राखेको ट्याङकी पड्किएर आगलागी हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको हो भने अन्य तीन जना घाइते छन् ।

भारतको बिहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो । शनिबार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा उद्योगमै कार्यरत राजकुमार बिक, इन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई घाइते छन् ।

प्रहरीका अनुसार घाइतेको तराई सिमरा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था समान्य रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठको भनाई छ ।

ट्याङ्की पड्किएपछि उद्योगमा आगलागी पनि भएको थियो । जितपुर सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार समयमै आगलागी नियन्त्रणमा लिएको छेउमै रहेको अर्को फर्निस आयलको ट्याङ्कीमा क्षति हुन पाएनन् । उद्योगमा फलाम तताउने भट्टी छेउमा रहेको फर्निस आयलको ट्याङ्की पड्किएर आगलागी भएको उद्योगका मजदुर युनियनक सचिव दीपक कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्