Logo
Logo

स्वीजरल्याण्ड र टर्की आमनेसामने हुँदै


दृष्टि संवाददाता

630
Shares

एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा स्वीजरल्याण्ड र टर्की प्रतिस्पर्धा गर्दैछन् । बाकु ओलम्पिक स्टेडियममा हुने खेलमा स्वीजरल्याण्ड र टर्की आमनेसामने हुनेछन् ।

दुबै टोलीले समूहका यसअघिका दुई खेलमा जित निकाल्न सकेका छैनन् । स्वीजरल्याण्डले समूहको आफ्नो पहिलो खेलमा वेल्ससँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा इटलीसँग ३/० ले पराजित भएको थियो ।

अर्कोतर्फ प्रतियोगिताको उद्घाटन खेलमा इटलीसँग ३/० को पराजय ब्यहोरेको टर्कीले दोस्रो खेलमा वेल्सले २/० को पराजय ब्यहोरेको थियो ।

टर्की आजको खेलमा सान्त्वना जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ भने स्वीजरल्याण्ड जित निकाल्दै अन्तिम १६ मा पुग्ने समीकरणलाई कायम राख्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्