काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज ३ वटा प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै छन् । भदौमा हुने महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका हुन् ।
देउवाले शनिबारदेखि प्रदेशअनुसार केन्द्रीय सदस्यलाई भेट गरेर आफू महाधिवेशनमा सभापति उठ्ने भएकोले सहयोग गर्न आग्रह गरिरहेका छन्।
बुढानिलकण्ठमा बिहान ९ बजे देउवाले केन्द्रीय सदस्यहरूलाई छलफलमा आउन भनेको देउवानिकट एक केन्द्रीय सदस्यको भनाई ।
देउवाले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग देउवाले कुराकानी गर्न लागेका छन्।
आइतबार देउवाले बागमती र गण्डकी प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए भने शनिबार प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए ।
देउवाले पार्टी चलाएको र प्रधानमन्त्रीसमेत भएर अनुभव हासिल गरेकोले आफू पुनः एक कार्यकाल कांग्रेस नेतृत्वमा रहन चाहेको संकेत दिइसकेका छन् ।
कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेपछि देउवाले सक्रियता बढाएका हुन् । यसपटक सभापतिमा देउवा समूहकै दुई जना नेताले दावी गरिरहेका छन् ।
उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सभापतिमा दाबी गरेका छन् । उनीहरू लामो समयदेखि देउवालाई सघाउँदै आएका थिए ।