Logo
Logo

‘थुक्क हाम्रो बुद्धी ! जनतालाई खान दिएको भए के हुन्थ्यो ?’


दृष्टि संवाददाता

4.7k
Shares

काठमाडौं । कोरोना कहरले देश यतिबेला संकटमा छ । आम जनता त्रासमा बाँचिरहेका छन् । सरकारले जारी गरेको निषेधाज्ञाले कति मजदुर बेरोजगार बने, कतिले भोकभोकै रात काटन् बाध्य भए । महामारीको पिँडा खेपिरहेका जनतालाई फेरि बाढी र पहिरोले अर्को पिँडा थपिदिएको छ ।

यसबीच सामाजिक सञ्जालमा यतिबेला एउता तस्विर भाइरल बनेको छ । जुन तस्विरमा सरकारी पक्षले नै अवैध धानको बिउ भन्दै
खाल्डोमा पुरेर नष्ट गरिएको छ । गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको हो ।

कृषि ज्ञान केन्द्र चितवनले भारतबाट अबैधरुपमा भित्रएको ‘गोरखनाथ ५०९’ जातको १५९ बोरा ४ केजी बिउ जेठ ४ गते नारायणगढ र नवलपुरबाट नियन्त्रणमा लिइ ३३ केजी नमूनाकोरुपमा राखेर बाँकी नष्ट गरिएको केन्द्रका बाली निरीक्षक मीनबहादुर पुनको भनाई छ । १५९ वटा बोरामा ३६, ३६ किलोका प्याकेटहरु खोलेर खाल्डोमा हालेर नष्ट गरिएको हो ।

महामारीमा मजदुर खान नपाएर रुँदै सडकमा हिहडरहेको बेला सरकारले भने अवैध भनेर धान खाल्डोमा नष्ट गरेको भन्दै चौतर्फि विरोध भइरहेको छ । अहिले सामाजिक सञ्जालमा उक्त तस्विर राखेर धेरैले विरोध जनाइरहेका छन् ।

यस्तै माओवादी केन्द्रका नेता सांसद सुदन किराँतीले फेसबुमा उक्त फोटो सेयर गर्दै विरोध जनाएका छन् । उनले भनेका छन्, ‘यति ठुलो महामारीमा मजदुर खान नपाएर रुँदै सडकमा हिँडेका छन्, यो धान ति भोका जनतालाई खान दिएको भए के हुन्थ्यो ?

यस्तो छ स्टाटस
‘थुक्क हाम्रो बुद्धी !
चितवन र नवलपुर बाट सरकार द्वारा घोसित अबैधानिक धानको बिउ बरामदगरी १५९ बोरा आजको मुल्यमा २५ लाख बराबरको खल्डोमा पुरी नष्ट गरिएछ । ठिक छ त्यो अबैध नै होला बरामद गर्ने कार्यालय र कर्मचारीहरु लाई धन्यवाद नै छ तर यति ठुलो महामारीमा मजदुर खान नपाएर रुदै सडकमा हिडेका छन । यो धान ति भोका जनतालाई खान दिएको भए के हुन्थ्यो रु तपाईलाई के लाग्छ धारणा राखौं ।’

प्रतिक्रिया दिनुहोस्