काठमाडौं । गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकास्थित मानकाजी लामाको एचएम कार्पेट उद्योगमा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । सोही ठाउँ बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ घर भएका ३५ वर्षीय लाल काजी तामाङ लगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो् ।
उक्त उद्योगमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४० हजार ३ सय ६५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । कोरोना महामारीको बेला पेशेवर रुपमा उनीहरुले जुवा खेलेको प्रहरीले जनाएको छ ।