Logo
Logo

यौन हिंसाका घटना बढे, कतै बलात्कार, कतै शिक्षकबाटै दुर्व्यवहार


दृष्टि संवाददाता

189
Shares

काठमाडौं । बालिका तथा किशोरीमाथि यौन हिंसाका घटना बढ्न थालेका छन् । कतै बलात्कार त कतै शिक्षकबाटै कलिला बालिकामाथि यौद दुव्र्यवहार भएका छन् ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे, धुलिखेल नगरपालिका–८ घर भएका २३ वर्षीय जयराम चौलागाईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान ती किशोरी हराएको भनी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी प्राप्त हुनासाथ ती किशोरीको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले काठमाडौं सुन्धारामा फेला पारेको थियो । थप अनुसन्धानका क्रममा जयरामले ती किशोरीलाई ललाई फकाई घुम्न जाउ भनी भक्तपुर नगरपालिका–४ सूर्यविनायकस्थित गेष्ट हाउसमा खाजा नास्ता खाने बाहानामा डर धम्की दिई जबरजस्ती करणी गरेको खुलेपश्चात चौलागाईलाई सुन्धाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसार भक्तपुरले जनाएको छ ।
उता तनहुँमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्याँस नगरपालिका–९ झिनुवाटार बस्ने ५५ वर्षीय प्रेम बहादुर थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त
मोरङमा शिक्षकले बािलकामाथि दुव्र्यवहार गरेका छन् । नार्पाभूमी गाउँपालिका–१ नार गाँउस्थित नार आधारभूत विद्यालयमा युकेजि र प्ले ग्रुपका अध्ययनरत छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सोही विद्यालयका शिक्षक नासो गाउँपालिका–७ तिल्चे घर भएका ४३ वर्षीय अजय राम गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त विद्यालयमा अध्ययनरत साना छात्राहरुलाई ट्युसन पढ्न आएको अवस्थामा दुर्ब्यवहार गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहेताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्