Logo
Logo

एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद चट


दृष्टि संवाददाता

3.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा विभाजनपछि एमालेतर्फ लागेका १४ स्थानीय तहका जनप्रतिनिधिलाई कारवाही गरेको छ । सोमबार बसेको आकस्मिक केन्द्रीय कमिटीको बैठकले १४ जना जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा विवरण बुझाएको हो ।

केन्द्रले दुई नगरपालिकाका नगरप्रमुख, गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्यको पद रिक्त गराउन कारवाहीको पत्र बुझाएको छ । पद रिक्त गराउन पत्राचार गरिएकामध्ये अधिकांश रौतहट र कैलालीका छन् ।

यि हुन् माओवादीले पदमुक्त गर्न आयोगलाई पत्राचार गरेका जनप्रतिनिधि :

१. रिनाकुमारी साह, प्रमुख– मौलापुर नगरपालिका, रौतहट
२. सियाराम कुशवाह, प्रमुख– कटहरिया नगरपालिका, रौतहट
३. परनिया देवी, उपप्रमुख– देवाही गोनाही नगरपालिका, रौतहट
४. गौरीशंकर जयसवाल, उपप्रमुख– मौलापुर नगरपालिका, रौतहट
५. कान्ती देवी, उपप्रमुख– फतुवाविजयपुर नगरपालिका, रौतहट
६. सीमलाल साह, उपप्रमुख– माधव नारायण नगरपालिका, रौतहट
७. गीतादेवी शाह, उपप्रमुख– युमनामाई गाउँपालिका, रौतहट
८. समतीलाल दास ताती, सदस्य– लहान नगरपालिका सिरहा
९. शेष फारुक, अध्यक्ष– सम्सी गाउँपालिका, महोत्तरी
१०. सुरेश कुमार थावा, वडाध्यक्ष– चम्पादेवी गाउँपालिका–१ ओखलढुंगा
११. भागिरथी विष्ट, वडाध्यक्ष– गौरीगञ्ज नगरपालिका–४, कैलाली
१२. शर्मानन्द भट्ट, वडाध्यक्ष– गोदावरी नगरपालिका–१ कैलाली
१३. पुरन विसी, वडाध्यक्ष– बर्दगोरिया नगरपालिका–४, कैलाली
१४. छायाँ देवकोटा, उपप्रमुख– भजनी नगरपालिका, कैलाली

प्रतिक्रिया दिनुहोस्