Logo
Logo

महाधिवेशनमा सहयाेग गर्न निधिकाे कोइराला र सिंहलाई आग्रह


दृष्टि संवाददाता

756
Shares

काठमाडाैं । कांग्रेस आसन्न महाधिवेशनमा आफूलाई सहयोग गर्न उपसभापति विमलेन्द्र निधिले महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आग्रह गरेका छन् ।

सभापति पदको दाबेदार रहेका ३ नेताबीच साेमबार भएकाे छलफलमा उपसभापति निधिले सहयाेग मागेका हुन् । निधिले आफ्नो वैवाहिक वार्षिकोत्सवको सन्दर्भमा ‘लन्च’ का लागि कोइराला र सिंहलाई निम्तो गर्दै सहयाेगकाे अपील गरेका हुन् ।

छलफलका क्रममा आगामी महाविधेशनमा सभापति शेरबहादुर देउवालाई रोक्ने विषयमा छलफल भएकाे थियाे भने उपसभापति निधिको आग्रहमा कोइराला र सिंहले परिस्थति हेरेर निर्णय लिने बताएका छन् ।

तर, छलफलमा तीनैजना नेताले नेतृत्वका लागि आफ्नो दावी पेस गरेका छन् । महामन्त्री कोइरालाले १४ औं महाधिवेशनबाट नेतृत्वमा परिवर्तन ल्याउनै पर्ने भएकोले सबै पक्षसँग छलफल आवश्यक रहेकोमा जोड दिए ।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेर आफू अगाडि बढ्ने बताए । पूर्वमहामन्त्री सिंहले पनि आफू सभापतिको तयारीमा रहेको भन्दै सहयोग गर्न निधि र कोइरालालाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्