Logo
Logo

नयाँ जर्सी छनोट गर्न क्यानले बनायाे समिति


दृष्टि संवाददाता

126
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी छनोटका लागि ४ सदस्सीय समिति गठन गरेको छ । क्यानले सोमबार क्यानका तीन सदस्य र प्रायोजकका एक सदस्य रहेको जर्सी छनोट समिति गठन गरेको हो ।

समितिमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, जेनेरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास छन् । प्रायोजकबाट रहेका सदस्यको नाम खुलाईएको छैन । क्यानले तयार गरेको समितिले आवेदन परेको मध्येबाट उत्कृष्ट डिजाइन भएको जर्सी छनोट गर्नेछ ।

छनोट भएको डिजाइन क्यानको बोर्डमा पेश हुने र त्यही बोर्डले डिजाइन छनोट गर्नेछ । क्यानले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको जर्सी छनोट गर्न लागेको हो ।

क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले दुई साता अघि जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुला गरेको थियो । क्यानले ५ सय बढी जर्सीको डिजाइन प्राप्त भएको समेत जनाएको छ ।

उत्कृष्ट जर्सी डिजाइन गर्नेले पुरस्कार स्वरुप एक लाख पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्