Logo
Logo

आजबाट प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा निरन्तर सुनुवाइ


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आजबाट निरन्तर सुनुवाई हुँदैछ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाइ हुनेछ ।

प्रतिनिधिसभा विघटन बिरुद्ध ३० रिट परेकोछ । निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् । साथै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित १ सय ४६ जना प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।

इजलासमा जबरा सहित ५ न्यायाधीश छन् । न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्