Logo
Logo

त्रिदेशीय महाबु सडकखण्डको काम सुरु


रासस

378
Shares

दैलेख । सरकारले गत वर्षदेखि पहिलो प्राथमिकतामा राखेको त्रिदेशीय सडकखण्डको काम सदरमुकामबाट शुरु हुने भएको छ । महाबु सडकखण्डमा यस वर्ष रु २० करोड विनियोजन भएको छ ।

गत वर्षदेखि नेपालगञ्ज, सुर्खेत, दैलेख सदरमुकाम, महावु कालिकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाग्चेनाम्लासँग सहज यातायात जोड्ने त्रिदेशीय सडकअन्तर्गत रकम विनियोजन भई काम शुरु गरिएको हो ।

गत वर्ष विनियोजन गरिएको रु ८० करोड मुगु र डोल्पा सडकखण्डमा खर्च गरिएको थियो । यस वर्ष विनियोजन गरिएको रु ६० करोडमध्ये मुख्य समस्या मानिएको दैलेख सदरमुकामको काँडाचौरबाट महावु सडकखण्डका लागि रु २० करोड विनियोजन गरिएको छ ।

गत वर्षदेखि निरन्तर यस अभियानमा लागेको र यस वर्षबाट सडक स्तरोन्नतिसँगै, सडक चौडा, नाली, ग्याबिन र कालोपत्रका लागि क्रमागत योजनाअन्तर्गत दैलेख खण्डमा रु २० करोड विनियोजन भएको प्रतिनिधिसभाका सदस्य रवीन्द्रराज शर्माले जानकारी दिए ।

सडक डिभिजन कार्यालय सुर्खेतअन्तर्गत उक्त रकम खर्च गरिने भएको छ । कूल रु ६० करोडमध्ये रु २० करोड महावु सडकखण्डकै लागि भनेर विनियोजन भएर रेडबुकमा आइसकेको छ । सोहीअनुसार ठेक्का खोल्ने र काम अगाडि बढाउने तयारी भएको सुर्खेत सडक डिभिजनका इञ्जीनियर तुलाराम शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्