काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहित भ्रष्टाचार मुद्दा बुधबार दायर गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी जानकारी कर फछ्र्योट आयोगको अध्यक्षका रुपमा लुम्बध्वज महत तथा सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालले अधिकार क्षेत्रभन्दा बाहिर गएर करदातासँग कर फछ्र्यौट सम्झौता गरी राजस्वमा ठूलो रकम चुहावट गरेको पाइएकाले मुद्दा दायर गरिएको हो ।
एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ वक्यौता कर छुट दिएको पुष्टि भएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।