काठमाडौं । सरकारले नेपाल प्रहरीमा एआइजीको दरबन्दी थप गरेसँगै भावी आइजिपीको प्रतिस्पर्धा नयाँ परिदृश्य देखिएको छ । यो निर्णयले भावी महानिरीक्षकको दाबीमा रहेका २–३ ब्याच नै प्रभावित हुने देखिन्छ ।
एआइजीको दरबन्दी थपसँगै एआइजीमा मात्र होइन डिआइजीमा बढुवाका लागि समेत चर्काे प्रतिस्पर्धा देखिएको छ । किनकी अहिले जो डिआइजीमा बढुवा हुन्छ उ पछि महानिरीक्षक हुने सम्भावना रहन्छ ।
एआइजीमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री भन्दा अर्काे ब्याचको बढुवा हुने सम्भावना छ । जसमा सहकुल थापा, धिरजप्रताप सिंह, बसन्त लामा, उत्तम सुवेदी प्रतिस्पर्धामा छन् । उनीहरुमध्ये बढुवा हुने विश्वराज पोखरेलसँगै महानिरीक्षकको दाबीमा हुनेछन् ।
एआइजीको बढुवापछि डिआइजीको एक दरबन्दी खाली हुन्छ । त्यसमा जुनियर ब्याचका एसएसपी दीपक थापा बढुवाको दाउमा लागेका छन् ।
जबकी प्रहरी महानिरीक्षक क्षेत्रीका ब्याचका अधिकृतहरु ३० वर्ष सेवाअवधि समेत नपुगी धमाधम अवकाश पाइरहेका छन् । डिआइजीमा बढुवा नहुँदा पदावधिका कारण उनीहरुले अवकाश पाएका छन् । यस्तो अवस्थामा एसएसपी थापा भनेर आफ्नो ब्याचबाट एकल रुपमा बढुवा हुन दौडधुपमा लागेको गृह मन्त्रालय स्रोत बताउँछ ।
आइजिपी थापाकै ब्याची दिलिप चौधरीले त आफुलाई अन्यायपूर्ण रुपमा अवकाश दिन लागिएको बुधबार पत्रकार सम्मेलन नै गरेर बताए ।