Logo
Logo

ओलीविरुद्ध रणनीति बनाउन विपक्षी गठबन्धनको बैठक जारी


दृष्टि संवाददाता

2k
Shares

काठमाडौं । विपक्षी गठबन्धनको बैठक जारी छ ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिमाथि छलफल गर्ने बैठक बसिरहेको हो ।

गठबन्धनले मंगलबार प्रधानमन्त्रीको कदमले देश गम्भीर संकटतर्फ धकेलिएकाले एक ढिक्का हुने प्रतिबद्धता जनाएको भोलिपल्ट बैठक बसेको हो । बैठकले गठबन्धनको थप रणनीति समेत अघि सार्ने बुझिएको छ ।

बैठकमा गण्डकी प्रदेश मन्त्रिपरिषद्मा कार्यविभाजनमा देखिएको समस्या समाधन गर्ने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ । 

गठबन्धनका नेताहरुले विज्ञप्तीमा स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र भइरहेको दाबीसमेत गरेका थिए ।

विपक्षी गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एमालेका झलनाथ खनाल–माधवकुमार नेपाल समूह, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समूह एवं जनमोर्चा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्