Logo
Logo

विमानस्थलमा १३ वटा ल्यापटप चोरी


दृष्टि संवाददाता

9.1k
Shares


काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यबस्था कम्पनी लिमिटेड, त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल शाखा कार्यालयले संचालनमा ल्याएको कार्गो कम्प्लेसमा १३ वटा ल्यापटप चोरी भएको छ । चोरी गर्ने युवक पक्राउ परेका छन् ।


आयात गोदाममा रहेका ५०७ पिस ल्यापटप मध्ये गत जेठ २० गते १३ वटा ल्यापटप चोरी भएको थियो । सो विषयमा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले महानगरीय अपराध महाशाखामा उजुरी दिएको थियो । महाशाखाबाट महानगरिय बिमानस्थल सुरक्षा कार्यालय संगको समन्वयमा अनुसन्धान गरी सिन्धुपाल्चोक पाँचपोखरी घर भएका विष्णु अधिकारीलाई पक्राउ गरेको छ । उनीसँग आठ वटा ल्यापटप समेत बरामद भएका छन् ।

प्रतिक्रिया दिनुहोस्