Logo
Logo

स्लोभाकियालाई जित्नै पर्ने दबाबमा स्पेन


दृष्टि संवाददाता

378
Shares

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत बुधबार हुने पहिलो खेलमा स्पेनले स्लोभाकियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।समूह ’ई’ मा रहेको स्पेनले घरेलु मैदानमा स्लोभाकियासँग  प्रतिस्पर्धा गर्न लागेको हो ।

यस संस्करणमा निकै कमजोर प्रदर्शन गरेको स्पेनका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण छ । स्पेन २ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा छ ।

स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । बराबरीमा रोकिएको खण्डमा पनि स्पेन नकआउट चरणमा पुग्नेछ । तर, स्विडेन पोल्याण्डसँग पराजित हुनु हुँदैन ।

स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । स्लोभाकिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । पहिलो खेलमा पोल्याण्डलाई हराएको स्लोभाकिया दोस्रो खेलमा स्विडेनसँग १–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्