Logo
Logo

हंगेरीलाई जर्मनीको डर


दृष्टि संवाददाता

0
Shares

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (बुधबार) राति जर्मनीले हंगेरीसँग प्रतिस्पर्धा गर्दैछ ।

जर्मनीले एलिनाज स्टेडियममा पौने १ बजे हंगेरीको सामना गर्नेछ ।

जर्मनी २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा छ । हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ । पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको थियो ।

हंगेरीविरुद्ध मैदान उत्रदा जर्मनी पोर्चुगलविरुद्धको लयलाई कायम राख्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्