Logo
Logo
सम्पादकहरुसँग विपक्षी गठबन्धन

‘प्रधानमन्त्रीले अध्यादेशले सत्ता सञ्चालन गरेर मुलुकलाई संकटमा धकेल्दैछ’


दृष्टि संवाददाता

693
Shares


काठमाडौ. । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट सत्ता सञ्चालन गरेर मुलुकलाई संकटमा धकेल्न काम गरेको बताएका छन् । विपक्षी गठबन्धन दलले बिहीबार विभिन्न मिडियाका सम्पादकसँगको अन्तक्रिर्यामा उनले यस्तो आरोप लगाएका हुन् ।

सभापति देउवाले भने, ‘प्रधानमन्त्री ओलीबाट दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्ने खोज्ने काम भएको छ । यसले मुलुकलाई संकटमा धकेल्न काम भएको छ ।’ राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र नै संकटमा परेको भन्दै उनले भने, ‘संवैधानिक अंग कब्जा गर्न खोजिएको छ । अदालतले असंवैधानिक काम रोक्दै आएको छ ।’

बहुमत सांसदहरुको दावी राष्ट्रपतिबाट अस्वीकार गरेपछि पाँच दल अदालत जानुपरेको बताए । १४९ जना सांसद हस्ताक्षर गरि सरकार गठनको गरिएको दाबी खारेजीले लोकतन्त्र संकटमा परेको उनको भनाइ छ ।

\संविधान, लोकतन्त्रको रक्षाका लागि मिडिया, नागरिक समाज, बुद्धिजिवि वर्गको सहकार्य आजको आवश्यक रहेको देउवाले बताए । सभापति देउवाले भने, ‘हामी सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौँ, नेपालको आन्तरिक मामिलामा नेपालीले नै निर्णय गर्न पाउनुपर्छ ।’
कोरोना महामारी नियन्त्रण सरकार असफल भएको भन्दै पाँच दलको गठबन्धनले दबाब सिर्जना गर्ने पनि पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्