काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेपपछि अर्थमन्त्री पौडेलले गृहको समेत जिम्मेवारी पाएका हुन् ।
पछिल्लो मन्त्रिपरिषद विस्तार संविधान विपरीत रहेको भन्दै सर्वोच्चले खारेज गरेसँगै खाली भएको गृह मन्त्रालयको जिम्मेवारी पौडेलले पाएका हुन् ।
उपप्रधानमन्त्रीसमेत रहेका पौडेलले गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् । सर्वोच्चले खारेज गरेको मन्त्रिपरिषदमा खगराज अधिकारी गहृमन्त्री थिए ।