Logo
Logo

कर अधिकृतलाई भ्रष्टाचार मुद्दा


दृष्टि संवाददाता

4.9k
Shares


काठमाडौं । धनुषा स्थित आन्तरिक राजस्व कार्यालय, जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको उनले घुस लिएका थिए।


दुई महिनाअघि अख्तियारको टोलीले उनलाई डेढ लाख घुससहित पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उनले घुस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्