Logo
Logo

लीलानाथ श्रेष्ठलाई कानुनसहित पाँच मन्त्रालयको जिम्मेवारी


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री लीलानाथ श्रेष्ठले थप चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सर्वोच्च अदालतले पछिल्लो चरणको मन्त्रिपरिषद विस्तार असंवैधानिक भन्दै खारेज गरेपछि खाली रहेका चार मन्त्रालयको जिम्मेवारी श्रेष्ठलाई तोकिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिलासहित, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्