Logo
Logo

प्रचण्डकाे नजरमा केपी ओली भन्दा काँग्रेस बामपन्थी


दृष्टि संवाददाता

63
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिणपन्थी शक्तिसंग मिलेर प्रधानमन्त्री केपी ओलीले वामपन्थी सिध्याउन लागेको आरोप लगाएका छन् ।

सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै प्रचण्डले दक्षिणपन्थीसँग मिलेर संविधान र लोकतन्त्र नै सिध्याउन ओली उद्दत रहेको बताएका हुन् । उनले कांग्रेस दक्षिणपन्थी नभई संविधान र लोकतन्त्र बचाउन अघि बढेको समेत दावी गरे । उनले कांग्रेसलाई लाग्दै आएको आरोप सच्याउनुपर्ने तर्क समेत गरे ।

‘कांग्रेस संविधान र लोकतन्त्र बचाउन हिडेको छ । केपी ओली संविधान र लोकतन्त्र सिध्याउन हिड्नुभएको छ । कांग्रेसले ओलीजीलाई विदेशीको टाङमुनि छिरेको आरोप लगाएको छ । ओलीजी विदेशी दलालको टाङमुनि नै हुनुहुन्छ । त्यसैले कांग्रेस दक्षिणपन्थी होइन, ओलीजी वामपन्थी होइन’, उनले भने ।

यस्तै उनले एमसिसीको विषय ठूलो नभएको र छलफलबाटै टुंग्याइने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्