Logo
Logo

चन्द्रागिरिको बजेट दुई अर्ब ४४ करोड


दृष्टि संवाददाता

315
Shares

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले रु दुई अर्ब ४४ करोड २३ लाख ६४ हजार ३६२ बराबरको बजेट प्रस्तुत गरेको छ ।

चन्द्रागिरि नगरपालिकाको आज सम्पन्न सातौँ नगरसभामा नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले आर्थिक वर्ष २०७८/०७९ का लागि उक्त नीति, कार्यक्रम तथा बजेट नगरसभामा पेश गरेका हुन् ।

चन्द्रागिरीले आव २०७८/०७९ मा अनुमानित बैँक मौज्दात र नगरपालिकाको राजश्वबाट रु एक अर्ब ४८ करोड ८५ लाख र सङ्घीय सरकार वित्तिय हस्तान्तरणबाट रु ६८ करोड ३१ लाख २६ हजार, प्रदेश सरकारबाट रु नौ करोड सात लाख आठ हजार र सामाजिक सुरक्षा भत्तावापत रु १८ करोड गरी जम्मा दुई अर्ब ४४ करोड २३ लाख ६४ हजार ३६२ आय हुने जनाएको छ ।

यस्तै, व्ययको चालूतर्फ रु ६५ करोड ६० लाख ७१ हजार, पुँजीगततर्फ रु एक अर्व १८ करोड ८५ लाख ७० हजार, नेपाल सरकारको तर्फबाट शशर्त अनुदान रु ३४ करोड ७९ लाख, प्रदेश सरकारको शशर्त अनुदान रु ६ करोड ९८ लाख २३ हजार र सामाजिक सुरक्षातर्फ रु १८ करोड गरी जम्मा दुई अर्ब ४४ करोड २३ लाख ६४ हजार ३६२ खर्च हुने जनाएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि चन्द्रागिरिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर वजेट प्रस्तुत गरेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले आगामी आवको बजेटले कोरोनाको सम्भावित नयाँ भेरियन्ट, खोप र अस्पतालमा अक्सिजन प्लान्ट निर्माणलाई प्राथमिकता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्