Logo
Logo

सर्वोच्चको आदेशले प्रतिनिधिसभा विघटनलाई बलियो बनाएकाे महन्थ पक्षकाे निष्कर्ष


दृष्टि संवाददाता

2.2k
Shares

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ पक्षले प्रतिनिधिसभा बिघटनपछि भएको मन्त्रीमण्डल बिस्तार बदर गर्ने निर्णयका बारेमा अनौपचारिक छलफल गरेको छ ।

बबरमहलमा भएको छलफलमा सर्वोच्चको आदेशपछिको अवस्थाका बारेमा छलफल भएको जसपा नेता सुरेन्द्र झाले जानकारी दिए । उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएपनि कुनै निर्णय नभएको बताए । सर्वोच्चको आदेशले प्रतिनिधिसभा बिघटनलाई बलियो बनाएकाे तर्क समेत गरे ।

सर्वोच्चको अन्तरिम आदेशपछि जसपाका दुई राज्यमन्त्री र ९ जना मन्त्रीको पद गएको छ ।

प्रतिक्रिया दिनुहोस्