Logo
Logo

कांग्रेसमा नेतृत्वका लागि दौडधुपः आफुनिटक केन्द्रीय सदस्यसँग छलफल गर्दै पौडेल


दृष्टि संवाददाता

504
Shares


काठमाडौं । नेपाली काँग्रेसमा महाधिवेशन नजिकिएसँगै यतिबेला नेतृत्वका लागि दौडधुप सुरु भएको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ । १४औं महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने पौडेलको आकांक्षा छ ।

यसबीच काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल गर्दैछन् । नेता पौडेलले महाधिवेशनबारे छलफल गर्न शुक्रबार दिउँसो बैठक बोलाएका हुन् । काँग्रेस केन्द्रीय सदस्य जीवन परियारले अनुसार नेता पौडेलले बौठक बोलाएको र महाधिवेशनकै बारेमा छलफल हुने बताए ।

सामूहिक छलफल गरेर अगाडि बढ्ने योजनामा नेता पौडेल छ्न । पौडेलले यसअघि बिहीबारका लागि बैठक बोलाएका थिए तर विपक्षी गठबन्धनका शीर्ष नेताहरुले पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम गर्ने समयसँग जुधेपछि स्थगित भएको हो ।

नेतृत्वमा दोहोरिन काँग्रेस सभापति शेरबहादुर देउवाले तयारी तीव्र पारेका छन् । उनले पहिलो चरणमा आफूनिकट केन्द्रीय सदस्यसँगको छलफल गरिसेका छन् । त्यस्तै उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दाबी गरेका छन् । सभापतिका आकांक्षीसँगको भेटघाट बढाएका छन् भने युवा नेताहरुसँग उनले छलफल गरेका छन् ।

भदौ १६ देखि १९ गतेसम्म काँग्रेस महाधिवेशन काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरेको छ । अहिले क्रियाशील सदस्यता छुट्याउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्