Logo
Logo

प्रचण्ड भन्छन्– अब मलाई कुनै लोभ र डर छैन


- दृष्टि न्युज/संवाददाता

0
Shares


काठमाडौं, १७ चैत ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अब कुनै लोभ र डर नभएको बताएका छन्।
आइतबार राजधानीमा रिपोर्टर्स क्लबको २१औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । ‘कतिपय मानिसले प्रचण्ड डराएको जस्तो ठान्छन्। मलाई अब कुनै डर छैन। किनकि शान्ति सम्झौता भएको छ, संविधान बनेको छ। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको छ। निर्वाचन भएको छ। देश अब समृद्धितिर जाँदैछ। मलाई व्यक्तिगत रुपमा कुनै डर छैन। लोभ पनि मलाई त्यस्तो छैन अब’, प्रचण्डले भने।

g]kfn sDo’lgi6 kf6L{ -g]skf_sf cWoIf Pj+ k”j{ k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú k|]; ;Ë7g g]kfn sf:sLåf/f ;f]daf/ kf]v/fdf cfof]lht kqsf/ e]63f6 sfo{qmddf af]Nb} . t:jL/M xl/ afF:tf]nf, kf]v/f, /f;;


कार्यक्रममा प्रचण्डले अमेरिका भ्रमणको क्रममा आफूलाई आतंकवादीको रुपमा चित्रित गर्न गरिएको प्रयासबारे असन्तुष्टि पोखे। विदेशमा बस्ने नेपालीले त्यस्ता हर्कत गरेको भन्दै उनको आक्रोश थियो।

’एउटा विदेशी राष्ट्रमा बसेर नेपालको शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा, त्यसको हस्ताक्षरकर्तालाई अपराधीको रुपमा अन्तराष्ट्रिय जगतले गिरफ्तार गरेर जेल हाल्नुर्पयो भन्नु कति तर्कसंगत छ?, प्रचण्डले प्रश्न गरे।

उनले आफू वासिंगटन डिसीमा बस्दै गर्दा त्यहाँको कांग्रेसको कमिटीले प्रचण्ड हत्यारो हो, यसलाई गिरफ्तार गर्नुपर्छ भनेर निर्णय गरेको बाहिर आएको भन्दै त्यस्ता कुरामा खासै वास्ता नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्