Logo
Logo

प्रधानमन्त्रीले उठाए सर्वोच्चको न्याय सम्पादनमाथि प्रश्न


दृष्टि संवाददाता

945
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको न्याय सम्पादनमाथि प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति र सर्वोच्चको आदेशबीचको तालमेललाई लिएर शंका व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीको निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा हालै आफूले विस्तार गरेको मन्त्रीपरिषदलाई बदर गर्ने अदालतको आदेशका सन्दर्भमा उनले शंका व्यक्त गरे ।

कार्यक्रममा उनले प्रचण्डलाई कसरी अदालतले दिने आदेश थाहा भयो भन्दै प्रश्न गरे । प्रचण्डकाे नाम नलिइ उनले ुकसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भने, भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु । न्याय निष्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ?’ ओलीले प्रश्न गरे ।

नत्र भोेलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? एउटा गम्भीर प्रश्न छ ।’ उनले थपे ।

त्यसको अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतले २१ जना मन्त्रीहरुलाई पदमुक्त गर्दैछ भन्ने अभिव्यक्ति दिएको केही सञ्चार माध्यमले उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्