Logo
Logo

कांग्रेस क्रियाशील सदस्यतामा त्रुटि रहेकाे पाैडेल पक्षकाे निष्कर्ष


दृष्टि संवाददाता

819
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेताहरुले क्रियाशील सदस्यतामा त्रुटि रहेकाे औंल्याएका छन् ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशनको रणनीति बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको बैठकले निष्पक्षताका साथ क्रियाशील सदस्यताको टुङ्गो लगाउनुपर्ने र क्रियाशील सदस्यता छानविन समितिले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने निष्कर्ष निकालेको हो ।

वडा समितिको अधिवेशन अघि नै क्रियाशील सदस्यताको टुङ्गो लगाउनुपर्ने छलफलमा सहभागी कांग्रेस नेता प्रकाशमान सिंहले जानकारी दिए । सदस्यता वितरणमा त्रुटी देखिएकोले पारदर्शी ढंगले यस बिषयको अन्तिम टुङ्गो लाग्नुपर्ने नेताहरूकाे भनाइ छ ।

महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरू आन्तरिक छलफलमा केन्द्रित भइरहेको बेला पौडेलले पनि आफूपक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्