Logo
Logo

नेपाल ओलम्पिक कमिटी र केल्मीबीच सम्झौता


दृष्टि संवाददाता

567
Shares

काठमाडाैं । नेपाल ओलम्पिक कमिटी र केल्मीको आधिकािरिक विक्रेता कामरु ट्रेडिङ्गबीच शुक्रबार प्रायोजन सम्बन्धी सम्झौता भएको छ । टोकियो ओलम्पिक २०२० सहभागी हुने नेपाली टोलीको लागि केल्मी ब्राण्डको खेल पोशाक, किडब्याग, स्पोर्टस् सुज, मोजा, टोपी, रुमाल लगायत प्रायोजन गर्ने भएको हो ।

सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र कामको तर्फबाट निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे । अहिलो टोकियो ओलम्पिकका लागि मात्र सम्झौता भएता पनि लामो समयसम्म सहकार्य र साझदारी गर्न छलफल भएको बताए ।

यो सम्झौता महत्वपूर्ण थालनी भएको भन्दै खेलकुदको माध्ययमबाट प्रायोजकहरुलाई पनि सहयोग गर्ने बताए । केल्मीले यसअघि एन्फा, विभागिय टोली, तेक्वान्दो, करातेलाई प्रायोजन गरेको र भलिबलसँग सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्