Logo
Logo

७ सय ५३ मध्ये ७२ स्थानीय तहले बजेट ल्याएनन्


दृष्टि संवाददाता

438.2k
Shares

काठमाडाैं । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये ७२ स्थानीय तहले आगामी आर्थिक वर्ष ०७८/८९ को बजेट तोकिएको समयमा ल्याउन नसकेकाे जनाएकाे छ । तथ्यांकअनुसार ६ सय ८१ स्थानीय तहले मात्रै बजेट ल्याएका छन् ।

कानून अनुसार हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले वार्षिक बजेट सार्वजनिक गर्नुपर्छ । तर, ७२ स्थानीय तहले यो म्यादभित्र बजेट ल्याउन नसकेका हुन् । ७ वटै प्रदेशका ४ सय ६० गाउँपालिकामध्ये ४१७ अर्थात ९१ प्रतिशत गाउँपालिकाले बजेट सार्वजनिक गरे पनि ४० वटा अर्थात् ९ प्रतिशत गाउँपालिकाले ल्याएका छैनन् ।

महासंघका अनुसार अनुसार ३ वटा गाउँपालिका भने सम्पर्कविहीन रहेकाे बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्