Logo
Logo

उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी, सार्वजनिक यातायात खुल्छन् ?


दृष्टि संवाददाता

6.1k
Shares


काठमाडौं । उपत्यकामा निषेधाज्ञालाई थप खुकुलो बनाइने भएको छ । संक्रमण निरन्तर घटेकाले निषेधाज्ञालाई खुकुलो बनाउन लागिएको हो ।
आइतबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले यसबारे छलफल गर्दैछन् ।

आइतबार तथ्याङकहरु हेरेर स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर यसबारे निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दृष्टिन्यूजलाई बताए । ‘संक्रमण त घटेकै छ, एकैचोटी फेरि धेरै खुकुलो बनाउँदा पनि ह्वात्तै बढ्न सक्छ, थप कुन कुन क्षेत्र खुलाउन सकिन्छ भने भोलि छलफल गर्छाै ।’
स्रोतका अनुसार सार्वजनिक यातायात तत्काल खुल्न सक्ने अवस्था छैन । रेष्टुरेन्ट तथा होटलले पनि टेकअवे बाहेक सेवा दिन पाउने छैनन् । सैलुन खुल्ने सम्भावना पनि छैन । अन्य थप पसलहरु भने खुल्ने सम्भावना छ ।
यसअघि १४ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो । प्रशासनले उपत्यकामा एक साता थप्ने तयारी गरेको छ । अर्काे हप्ता पनि निरन्तर संक्रमण घटेमा भने रेस्टुरेन्ट र सार्वजनिक यातायात पनि खोल्न सकिने गृह मन्त्रालयका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्