Logo
Logo

सुखद संकेतः शनिबार तीन जिल्लामा मात्र एक सय भन्दा धेरै संक्रमण


दृष्टि संवाददाता

4k
Shares


काठमाडौं । उपत्यकाका लगायतका जिल्लामा कोरोना संक्रमण न्यूनीकरण हुँदै गएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङक अनुसार २१ प्रतिशतमा संक्रमण पुष्टि भइको छ । ९५१० मा परीक्षण गर्दा २०१६ मा संक्रमण पुष्टि भएको छ ।


केही पहाडी जिल्लामा संक्रमण बढेपनि उपत्यका सहित धेरै जिल्लामा संक्रमण घटेको छ । शनिबार तीन जिल्लामा मात्र एक सय भन्दा धेरै संक्रमित थपिएका छन् । काठमाडौं, कास्की र नुवाकोटमा एक सय भन्दा धेरै संक्रमित थपिएका छन् ।
काठमाडौंमा १८१, नुवाकोटमा ११० तथा कास्कीमा १२७ जनामा संक्रमण पुष्टि भएको छ । इलाम लगायत कपितय जिल्लामा नयाँ संक्रमितको संख्या शून्य छ । सुदुरपश्चिम, कर्णाली र लुम्बिनी र प्रदेश नम्बर २ मा संक्रमणदर न्यून छ । सुदुरपश्चिममा ४५, प्रदेश नम्बर २ मा ५९, लुम्बिनीमा ६३ तथा कर्णालीमा ७६ जनामा संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितको संख्या घटेपनि संक्रमणदर २० प्रतिशतकै हाराहारी छ । उपत्यकामा भने संक्रमणदर १० प्रतिशतको हाराहारी छ । संक्रमणदर ५ प्रतिशतभन्दा कम हुँदा कम जोखिम मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्