Logo
Logo

कोलोम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा कस्ले हान्यो गोली ?


दृष्टि संवाददाता

3k
Shares


काठमाडौं । कोलोम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली होनिएको छ । दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा राष्ट्रपतिसहित अन्य उच्च सरकारी अधिकारीहरू चढेको हेलिकप्टरमाथि गोली हानिएको हो ।

राष्ट्रपति आइभन डुकले विज्ञप्ति जारी गर्दै भेनेजुयलाको सीमानजिकैको क्याटाटुम्बो क्षेत्रमा आफू चढेको हेलिकप्टरमा गोली हानिएको बताएको छ । उनका अनुसार हेलिकप्टरमा रहेका रक्षा मन्त्री डियगो मोलानो, गृह मन्त्री ड्यानियल पालासियससहित सबै अधिकारीहरू सुरक्षित छन् ।

समाचार संस्था एपीका अनुसार कुनै देशको राष्ट्रपति चढेको हेलिकप्टरमाथि आक्रमण हुनु बिरलै हुने घटनामध्ये हो । डुकले आक्रमण कहिले र कुन समयमा भएको हो भन्ने नखुलाएको उल्लेख छ ।

‘म देशलाई जानकारी दिन चाहन्छु क्याटाटुम्बोमा प्रतिवद्धता पूरा गरेर कुकुता सहर पुग्नै लाग्दा राष्ट्रपतिको हेलिकप्टरमा आक्रमण भएको थियो,’ राष्ट्रपति डुकको विज्ञप्तिमा भनिएको छ ।

हेलिकप्टरको क्षमताले ठूलो दुर्घटना हुनबाट बचाएको उनको दाबी छ। राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको एउटा भिडिओमा हेलिकप्टरमा गोलीका दागहरू देखिन्छन् । राष्ट्रपतिको हेलिकप्टरमाथि आक्रमण भएको भनिएको क्षेत्रमा धेरै हतियारधारी समूहहरू सक्रिय छन् ।

राष्ट्रपति डुकले उक्त आक्रमणलाई कारयताको संज्ञा दिँदै लागु औषध ओसारपसार, आतंकवाद र संगठित अपराधविरूद्धको आफ्नो लडाइँ नरोकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्