काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । आइतबार बिहान बालुवाटारमा बसेको ओली पक्षीय स्थायी समिति बैठकले यही १६ असारमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो ।
एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै ओलीले आयोजक कमिटीको बैठक बोलाएका हुन् । आयोजक कमिटीको बैठक काठमाडौमा बस्ने प्रवक्ता ज्ञवालीले बताए ।
आज बसेको स्थायी समिति बैठकमा पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा छलफल भएको पछि प्रवक्ता ज्ञवालीले जानकारी दिए ।