Logo
Logo

हिरासतबाट छुटाइदिने भन्दै प्रहरीबाटै घुस असुली


दृष्टि संवाददाता

10.5k
Shares


काठमाडौं । सुनसरीको ईलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । ईलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने प्रयोजनका घुस लिदै गर्दा गत २६ चैतमा उनी पक्राउ परेका थिए ।


अनुसन्धानको सिलसि यादवले हिरासतमा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी सेवाग्राहीसँग ६० हजार घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएकोले निजउपर उक्त कसुरमा बिगो रु. ६०,०००।– (साठी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । सो प्रकरणमा तत्काल अन्य प्रहरीको संलग्नता नदेखिएको आयोगले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस्