Logo
Logo

काठमाडौं उपत्यकामा अझै १ हप्ता निषेधाज्ञा थपिने


दृष्टि संवाददाता

2.3k
Shares

काठमाडाैं । काठमाडौं उपत्यकामा अझै १ हप्ता निषेधाज्ञा थपिने भएको छ। काठमाडाैं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच एक साता निषेधाज्ञा थप्ने तयारी भएकाे हाे ।

एक साता निषेधाज्ञा थपिएपनि ठूला सार्वजनिक बसहरु ५० प्रतिशत सिट क्षमतामा सञ्चालन गर्ने विषयमा छलफल हुने बुझिएकाे छ । आइतबार भएकाे सामान्य छलफलमा ठूला मात्रै यातायात सञ्चालन गर्न दिँदा साना गाडी सञ्चालकहरुले विरोध गर्ने विषयलाई पनि ख्याल राख्दै थप छलफल गर्ने तयारी गरिएकाे छ ।

निजी सवारी साधन जोरबिजोर नम्बर प्रणालीमा चल्न दिँदा पनि अहिले सडकमा भिडभाड भइरहेकाले केही समय अझै यातायात सञ्चालन नगर्ने विषय भने छलफलकै क्रममा रहेकाे बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्