Logo
Logo

डब्लुएचओले भन्यो- कोरोनाको डेल्टा भेरियन्ट बढी संक्रामक


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको डेल्टा भेरिअन्ट सबैभन्दा बढी संक्रामक रहेको बताएको छ । शुरुमा भारतमा भेटिएको डेल्टा भेरिअन्ट अहिले विश्वका ८५ भन्दा बढी देशहरुमा फैलिसकेको छ ।

यस्तोमा विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले डेल्टा भेरिअन्ट अहिलेसम्म देखिएका अन्य भेरिअन्टमध्ये सबैभन्दा बढी संक्रामक रहेको बताएका हुन् ।

जेनेभामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले खोप नलगाएका मानिसहरुमा डेल्टा भेरिअन्ट सबैभन्दा तिव्ररुपमा फैलिरहेको प्रमुख गेहब्रेयससले बताएका हुन् ।

पछिल्लो समय भारत, नेपालगायतका देशमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्नुमा डेल्टा भेरिअन्ट नै जिम्मेवार रहेको देखिएको छ ।

उनले कोरोना भाइरसका नयाँ भेरिअन्टहरु पनि थपिने बताएका छन् । डेल्टा धेरै संक्रामक हुँदा बढी मानिस संक्रमित हुने र बढीले ज्यान गुमाउनसक्ने भन्दै उनले स्वास्थ्य मापदण्डको पालना गर्न जरुरी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्