Logo
Logo

स्याउ तस्करीमा थप प्रहरीको संलग्नता पुष्टि


दृष्टि संवाददाता

13.3k
Shares


विराटनगर । चिनियाँ स्याउ तस्करी प्रकरणमा थप प्रहरीको संलग्नता पुष्टि भएको छ । छानबिनका लागि गठित प्रहरीको टोलीले चार जना प्रहरीलाई कारबाही सिफारिस गरकेो छ ।


सुनसरीको नाकाबाट तस्करी गरी भारत पु¥याइएको चाइनिज स्याउको सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले गठन गरेको छानबिन टोलीले चार जनालाई कारबाहीको सिफारिस पनि गरेको छ ।
भारतीय प्रहरीले जेठ ३० गते तस्करी गरेर लगिएको तीन ट्रक चाइनिज स्याउ बरामद गरेपछि त्यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए ।
स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको छ ।

अनुसन्धान टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीका अनुसार अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान तस्करी गराउन संलग्न देखिएका चार प्रहरीलाई कारबाहीको लागि सिफारिस गरिएको छ ।

छानबिन समितिले अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की, अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान दोषी देखिएकाले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरिएको छ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय पकली सुनसरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा गठन गरेको छानबिन टोलीले सशस्त्र प्रहरी बल बिओपी लाहीका ईञ्चार्ज इन्स्पेक्टर महेश कार्कीलाई पनि दोषी ठहर गर्दै कारबाहीको लागि सिफारिस गरिएको छ । सुनसरीका एसपी कमल थापा र सशस्त्र प्रहरीका एसपी माधव पौडेलको समेत संलग्नता रहेको बताइएपनि उनीहरुलाई उन्मुक्ति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्